२७ जेठ २०८३, बुधबार

नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफर, २९९ मा १४ जिबी डाटा

नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफर, २९९ मा १४ जिबी डाटा

नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेज सहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गतका सेवाहरु आजदेखि ९० दिनसम्म उपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।  यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराइएको टेलिकमको भनाइ छ ।

नयाँ वर्षको अवसरमा कम्पनीका मोबाइल ग्राहकका लागि प्रतिदिन ५०० एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जिबी डाटाको अफर जम्मा रु. २९९ मा उपलब्ध गराइएको छ ।

यस्तै जम्मा रु. १२५ मा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी जम्मा ४ जिबी डाटा अफर ल्याइएको छ । ५ दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानी समेत गर्न सकिन्छ । यो अफर पनि २४सै घण्टा प्रयोग गर्न सकिन्छ ।

साथै, २ घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी रु. ३० को अर्को अफर पनि थप गरिएको छ । यो अफर २४ सै घण्टा कुनैपनि समयमा उपयोग गर्न सकिन्छ ।  

जिएसएम मोबाइल ग्राहकहरुका लागि जम्मा रु. २८० मा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डाटा प्याक अफर ल्याइएको छ । यो प्याक अन्तर्गत लिइएको ३ जिबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।
 
यसैगरी डाटा प्याक अन्तर्गत नै जम्मा रु. ९५ मा १.५ जिबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराइएको छ । यो प्याक ७ दिनसम्म २४ सै घण्टा प्रयोग गर्न सकिन्छ ।

सिडिएमए मोबाइल र वाइम्याक्स सेवाका ग्राहकहरू कम्पनीकै अन्य सेवामा रुपान्तरण हुने क्रम जारी रहेकोले ती सेवाका ग्राहकहरूका लागि विन्टर अफरका रुपमा उपलब्ध विभिन्न अफर र सुविधाहरुमध्ये सीमित अफरहरुलाई मात्र निरन्तरता दिइएको टेलिकमको भनाइ छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415#  डायल गर्नुपर्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्