
दोलखामा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । जिल्लाको बिगु गाउँपालिका–४ मा प्रदेश–३–०१–०२३च ७५८० नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको र १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
घाइतेमध्ये १० जनालाई काठमाडौं पठाइएको र अन्यको चरिकोट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।