३१ जेठ २०८३, आइतबार

कर्कट राशि हुनेहरुको २०७८ सालको राशिफल

कर्कट राशि हुनेहरुको २०७८ सालको राशिफल

कर्कट-व्यापार, मानसम्मानमा वृद्धि, मानसिक सुख सन्तोषको वातावरण, सामाजिक कार्यमा रुची अल्छीपन, विवेकशुन्य निर्णयले पछुताउनु पर्ला । सामान्य दुर्घटनामा पर्न सकिने भएकोले टाढाको यात्रा नगर्दा नै उत्तम रहनेछ । अनावस्यक द्रुत-गतिमा नहिड्नुहोस् । नयाँ योजनाको थालनी हुन सक्ने । अरुको कुरा नमान्दा दुख पाइएला । दुख पाउने वर्ष रहेको छ । आखाको रोगले आक्रमण गर्न सक्नेछ । आर्थिक स्थिति धेरै नै फलीफाप हुनेछ । ब्यविचार मनमा आउन सक्ने भएकाले कुसङ्गत छोड्नुमा नै बुद्धिमानी रहला । आमा, मामा, र  मावलीको सहयोगले हजुरको ठुलाकर्महरुमा सफलता मिल्नेछ । परिवारलाई बढी भन्दा बढी समय दिनु होला । पेट सम्वन्धी रोग लाग्यो भने घर बाहिरको खान त्याग्दा नै उल्लेख्य राम्रो हुनेछ । आहार विहारमा बदी ध्यान दिनु होला । उपचारको कार्यमा धेरै विलम्भ नगर्नु होला । हतारमा कुनै कुरा नगर्नु होला । धैर्यसँग गरिएको कार्यमा नै सफलता मिल्नेछ । पानी प्रशस्त मात्रामा पिउनुहोला ।

salt training

कमेन्ट गर्नुहोस्