काठमाडौं, १२ पुस – सामसुङ मोबाइलको नेपालको आधिकारिक विक्रेता आइएमएस ग्रुपका अध्यक्ष एवं उद्योगपति दीपक मल्होत्रालाई मातृशोक परेको छ । स्व.रामकुमारी मल्होत्रा उहाँकी ८६ वर्षीया आमा रामकुमारी मल्होत्राको पाँच दिनअघि उपचारको क्रममा निधन भएको हो । रामकुमारी फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।
चार महिनायता लगातार थला पर्नुभएकी उहाँको पछिल्लो समय ललितपुुरको हरिसिद्धि क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो । रामकुमारीका एक छोरा र तीन छोरी हुनुहुन्छ ।