काठमाडौं, १२ पुस — मोटो हुन कसैलाई मन पर्दैन । स्लिम बस्न सबै चाहन्छन् । तर कोहीकोहीलाई रोगका कारण पनि मोटोपन हुन जान्छ । यही रोगले गर्दा मोटो मान्छेलाई दैनिक जीवन चलाउन समेत मुश्किल हुन्छ ।

यस्तै हाल छ मेक्सिकोका जुआन पेद्रोको । जुआनको तौल ५९० किलो छ । उनी संसारकै सबभन्दा मोटा मानिस
हुन् ।
मोटोपनका कारण उनी न हिँड्न सक्छन्, न बस्न । यही कारण उनलाई मधुमेह, उच्च रक्तचाप, फोक्सो रोकिने लगायतका समस्या छन् ।
चिकित्सकहरूले मोटोपन नघटाए जुआन बाँच्न नसक्ने चेतावनी दिएका छन् । उनले वजन आधा गराउनुपर्नेछ । यसका लागि उनी तयार छन् ।
सन् २०१७ मा उनीमाथि दुईवटा अपरेसन हुँदैछ । ग्यास्ट्रिक बाईपास सर्जरीका मार्फत उनको वजन कम गर्ने कोशिश गरिँदैछ ।
दुई चरणमा यो अपरेसन पूरा गरिनेछ किनकि एकैचोटिमा चाहिँ उनको ज्यान पनि जान सक्छ । दुई अपरेसनका बीचमा ६ महिनाको अन्तराल हुनेछ ।
पहिलोपल्टको अपरेसनमा जुआनको पेटको दुई तिहाई हिस्सा काटेर फ्याँकिनेछ । दोस्रोपल्टको अपरेसनमा बाँकी पेटका केही हिस्सालाई ब्लक गरिनेछ ।
जुआनको वजन आधी मात्र कम भयो भनेपनि उनलाई मोटोपन सम्बन्धी क्यान्सर लाग्नबाट बचाउन सकिने चिकित्सकहरूको विश्वास छ ।
एजेन्सी