
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्रीलाई जोडेर गरिएको भ्रमपूर्ण प्रचार निन्दनीय रहेको बताएका छन् ।
उनले भारतीय खुफिया एजेन्सीका प्रमुखसँगको सम्झौता भन्दै प्रधानमन्त्रीको हस्ताक्षर दुरूपयोग गर्ने काम भएको भन्दै आपत्ति जनाएका छन् ।
‘भारतीय ख़ुफिया एजेन्सीका प्रमुखसँगको सम्झौताको रूपमा सम्माननीय प्रधानमन्त्रीको हस्ताक्षरको दुरूपयोग गरी केही अनलाइनमा प्रकाशित भ्रमपूर्ण प्रचार निन्दनीय छ’, भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
उनले विदेश मामिला जस्तो संवेदनशील विषयमा गरिने यस्ता खेलबाडप्रति सचेत हुन सबैमा आग्रह गरेका छन् ।