२२ असार २०८३, सोमबार

हरिद्वार महाकुम्भमा लापरवाही : कोरोनाबाट महामण्डलेश्वरको मृत्यु

बैशाख ३, २०७८
हरिद्वार महाकुम्भमा लापरवाही : कोरोनाबाट महामण्डलेश्वरको मृत्यु

भारतको चर्चित धार्मिकस्थल हरिद्वारमा भएको महाकुम्भ मेलामा कोरोना भाइरस संक्रमण रोकथामको सावधानीमा लापरवाही भएपछि असर देखिन थालेको छ ।

महाकुम्भ मेलामा सहभागी भएर फर्किएका निर्वाणी अखडाका महामण्डलेश्वर ६५ वर्षीय कपिल देव दासको कोरोना संक्रमणले मृत्यु भएको द टाईम्स अफ इन्डियाले रिपोर्ट प्रकाशित गरेको छ ।

कुम्भ मेलामा सहभागी ६८ साधुसन्त संक्रमित भएका छन् ।

कोरोना फैलिन थालेपछि निरञ्जनी अखडाले कुम्भ समाप्त भएको घोषणा गरेको छ । आधिकारिक रूपमा मेला ३० अप्रिलमा समाप्त हुने थियो । तर कोरोना धेरै फैलिएपछि समयअगावै मेला समाप्त गरिएको छ ।

प्रशासनका अनुसार १२ अप्रिलपछि ७९ हजार ३०१ जनाको कोरोना परीक्षण हुँदा ७४५ संक्रमित फेला परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्