
बलिउड अभिनेता कार्तिक आर्यनलाई करण जोहरको धर्मा प्रोडक्सन्सको फिल्म दोस्ताना २ बाट निकालेको खबर अमर उजालाले दिएको छ ।
करणले यसका साथै यस फिल्ममा अनि अबदेखि उनीसँग कुनै पनि फिल्ममा काम नगर्ने गरी ब्ल्याकलिस्टमा राखेको पनि अमर उजालाले खबर दिएको छ ।
कार्तिक र करणबीच के विषयमा मतभेद भएको हो भन्ने कुरा अमर उजालाले खुलाएको छैन ।