
एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले कर्णालीमा दलीय प्रकृयाको लक्ष्मणरेखा उल्लङ्घन गरेपछि अब माधव नेपालले पाउँदै आएको शङ्काको लाभको राजनीतिक स्थान समाप्त भएको टिप्पणी गरेका छन् ।
बाँस्कोटाले अब माओवादी समर्थन झिक्न र अविस्वास प्रस्ताव एकसाथ राख्न लाउने काम नेता नेपालको बाँकी रहेको भन्दै त्यसपछि कार्वाही कारबाही खाएर बाटो लाग्ने भन्दै कटाक्ष गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'कर्णालीमा दलीय प्रकृयाको लक्ष्मणरेखा उल्लङ्घन गरेपछि अब माधव नेपालले पाउँदै आएको शङ्काको लाभको राजनीतिक स्थान समाप्त भयो। अब उनको एउटा काम बाँकी छ,त्यो हो -माओवादी समर्थन झिक्न र अविस्वास प्रस्ताव एकसाथ राख्न लाउने,त्यस पछि कार्वाही खाने बाटा लाग्ने। बस!'
आजै नेपाल समूहका ४ नेताले फ्लोर क्रस गरेपछि माओवादी नेतृत्वको कर्णाली सरकार ढल्नबाट जोगिएको थियो ।