×

NMB BANK
NIC ASIA

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

बैशाख ४, २०७८

NTC
Sarbottam
तस्वीर सौजन्य : राजधानी दैनिक
Premier Steels
Marvel

सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको फेला परेको छ ।

Sagarmatha Cement
Muktinath Bank

राजस्व अनुसन्धान विभागले गरेको एउटा मुद्दाको अध्ययनमा यतिधेरै राजस्व छलेर ठगी गर्नेमा भन्सार प्रतिनिधिकै मिलेमतो देखिएको हो । निकै गहन एवं सूक्ष्म अनुसन्धानपछि काठमाडौंको जयपशुपति इम्पेक्सका प्रोप्राइटर रेखादेवी दाससमेत पाँच जनाले भन्सार प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठको मिलेमतोमा १ करोड १३ लाख ५ हजार ५ सय १४ रुपैयाँ राजस्व छली गरेको पत्ता लगाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ । अहिले उनीहरूविरुद्ध भन्सार छली राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजस्व अनुसन्धान विभागका अनुसार धनुषाको देवपुरा रुपैठा स्थायी घर भई हाल काठमाडौंको बांगेमुढा बस्ने जयपशुपति इम्पेक्सका प्रोप्राइटर दाससहित विभिन्न पाँच जनाविरुद्ध १ करोड १३ लाख ५ हजार ५ सय १४ रुपैयाँ बिगो, जरिमाना र कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको छ । यस फर्मका प्रोप्राइटर दास र भन्सार प्रतिनिधि श्रेष्ठको मिलिमतोमा भारतीय ट्रकमा सिसाको खाली बोतलमा पोते लोड गरी ल्याउने गरेको अनुसन्धानबाट खुल्न आएको विभागले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

अनुसन्धानको क्रममा उनीहरूसँग पोतेको भन्सार तिरेका कागजात माग गर्दा पेस गर्न नसकेकाले सरकारलाई हानिनोक्सानीपु¥याउने मनसाय तथा योजनाका साथ चोरी पैठारी गरी राजस्व चुहावट गरेको भन्दै विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

Vianet communication
Laxmi Bank

सो फर्म तथा फर्मका सञ्चालक र अन्य व्यक्तिमाथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन–२०५२ अनुसार कारबाही अघि बढ्ने विभागले जनाएको छ । झुटो विवरण पेस गरी सो फर्मले भन्सारतर्फ ११ लाख ३५ हजार ८ सय ८७ रुपैयाँ, मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ ४६ लाख ७३ हजार २ सय ४ रुपैयाँ र आयकरतर्फ ५४ लाख ९६ हजार ४२३ रुपैयाँ राजस्व छलेको विभागले ठहर गरेको जनाएको छ ।

यसैगरी, विभागले सो फर्मका प्रोपाइटर रेखादेवी दास, मुख्य कारोबारी विकासलाला दास, गाडी चालकद्वय सुदीप श्रेष्ठ र राजकुमार तथा भन्सार प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको बताएको छ । भन्सार प्रतिनिधिको मिलिमतोमा भारतीय ट्रकमा सिसाको खाली बोतल लोडगरी सोही बोतलमाथि लुकाइछिपाइ पोते ल्याएको विभागको आरोप छ । राजधानी दैनिकमा मधुज‌ंग  पाण्डेले खबर लेखेका छन्  ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x