×

NMB BANK
NIC ASIA

गीतसंगीत सुखदुःखको साथी हो । गीत संगीतलाई ध्वनि र सुरको संयोजनबाट निर्मित अलग्गै भाषा पनि भन्ने गरिन्छ ।

Muktinath Bank

नेपालमा धेरै रुचाइने नेपाली लोकदोहोरी गीतले मानिसको जीवनलाई वास्तविकता आभास गराउँछन् । पछिल्लो समय समाजमा भएको यथार्थतालाई भावनामा समेटेर गाइएका गीत श्रोता र दर्शकको रोजाइँमा पर्न थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कसैको पीडा र वास्तविकता समेटेर गीत सुन्दा/हेर्दा मानिसले आँसु समेत थाम्न नसकिने हुन्छ । समाजमा रहेको यथार्थतालाई टपक्कै टिपेर गाउने गायक हुन् बसन्त लम्साल । 


Advertisment
Nabil box
Kumari

पछिल्लो समय मोफसलमा लोकदोहोरी गीतमा जमेर वास्तविक समाजको यथार्थतालाई लम्सालले गीतमा उतार्ने गर्छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ पालीमा जन्मिएका सुमधुर स्वरका धनी लम्साल नेपाली लोकदोहोरी गीतमा उदाउँदा कलाकार हुन् ।

Vianet communication
Laxmi Bank

गाउँघर र भीरपाखामा बाल्यकाल बिताएका लम्साल सानैदेखि गीतसंगीत भनेपछि हुरुक्कै हुन्थे । सानैमा गीत गुनगुनाउँथे । स्वर पनि गजबकै थियो ।  

रेडियोमा बजेका गीत सुनेपछि टपक्कै टिपेर दुरुस्तै गाइदिन्थे । ४ कक्षामा पढ्दा जिल्लाका १५ भन्दा बढी विद्यालयबीच भएको गीत गायन प्रतियोगितामा उनले प्रथम स्थान पनि हाँसिल गरे । त्यो बेला उनले कक्षा शिक्षकले लेखेको गीत गाएका थिए ।

त्यसपछि उनलाई ‘गीत संगीतमा केही गर्न सक्छु’ भन्ने लाग्यो, गीतसंगीत नै मनमा खेलिरहन्थ्यो । २०६६ सालमा कमला माविबाट एसएलसी परीक्षा उत्तीर्ण गरेपछि उनी उच्च शिक्षाको लागि बुटवल झरे । ११–१२ कक्षा पढ्दै गर्दा बसन्तलाई नयाँ गीतिएल्बम निकाल्छु भन्ने लागेर गीतका लागि घोत्लिन थाले ।

बुटवल झरेकै २ वर्षपछि २०८६ सालमा उनले ‘बिछोडको घाउ’ गीत बजारमा ल्याए । त्यो गीत देशभरका रेडियोमा अत्यधिक बज्यो । 

त्यो गीतले बसन्तको चिनारी नै अर्कै बनाइदियो । त्यो बेला यूट्युबको ट्रेन्डिङ, भाइरलको जमाना थिएन । त्यहीँ गीतले नै बसन्तलाई साँच्चै गीत संगीतमा प्रवेश गरायो अनि चिनायो पनि । बिछोडको घाउ गीतमा लम्साल र पवित्रा सतुङ्गे मगरको स्वर छ । अहिले बसन्त गायनसँगै गीत रचना गर्ने एक प्रतिभाशाली व्यक्तित्वमा चिनिन्छन् । 

‘गाउनु, बजाउनु र नाच्नुको संयोजन संगीत हो । लोकगीत जनसमुदायको गीत पनि हो । यसैको वरिपरि रहेर मैले गीत लेखें, लय खोजें । अनि बजारमा ल्याएँ,’ लम्साल भन्छन्, ‘म अर्घाखाँचीमा जन्मे/हुर्केको हुँ । मैले घरमा गाउने गीत सबैलाई मन पर्थ्यो । घरमा बुवाआमाले पनि प्रोत्साहन गर्नुभयो । त्यसले मलाई पनि झनै आकर्षित गर्‍यो । त्यतिबेला साना बच्चाहरूलाई त सिक्ने कुनै ठाउँ थिएन । म बुटवल झरेपछि संगीतसँग नजिक भएँ । सिकें ।’

विशेष गरेर बसन्तले वियोगान्त खालका गीत मन पराउने गर्छन् । त्यही कारणले उनका गीत पनि वियोगान्त र भावनात्मक सन्देश दिने खालका छन् । उनलाई वियोगान्त गीतका धरोहर मानिन थालेका छन् । 

उनी स्नातकोत्तर तहको अध्ययन गर्दैछन् । बुटवल झरेर दोहोरी साँझमा गीत गाउँदै उनी संगीत यात्रामा प्रवेश गरेका हुन् । ‘पूर्णकालीन रूपमा लोकदोहोरी गीतमा लाग्छु भन्ने सोचाइ कम थियो,’ लम्साल भन्छन्, ‘मेरो परिवार संगीत त मन पराउँथ्यो तर त्यो बेलामा संगीतमा लाग्नेहरू बिग्रिन्छन् भन्ने थियो । म गायनबाट टाढा जान नसक्ने भइसकेको थिए । बुटवलमा आएर गायनलाई हातमुख जोर्ने पेशा बनाएपछि गीत संगीतमा लागियो ।’

‘बिछोडको घाउ’पछि उनले ‘जिउँदै श्रद्धाञ्जलि नदेऊ आत्मा’लाई गीत ल्याए । जुन गीतले धेरैलाई रुवायो । बासुरी म्यूजिक प्रालिबाट बजारमा आएको गीतमा लय विधान कार्की र लेखन अर्जुन खड्काको रहेको छ । टिकटक, डाँफे चरी, हाम्रो प्यारो अर्घाखाँची गीतबाट उनले सर्वाधिक ‘भ्यूअर’ बटुले । त्यसपछि तीजका गीत विदेशतिर जान्न, रेलिमै, माइती घर, गोरखपुरे रेल, जुरेली चरी लगायत गीत पनि उनले बजारमा ल्याए । ती गीत पनि दर्शक/श्रोताको रोजाइमा परे ।

त्यसपछि पञ्चेबाजाको नचाहिने डोली भन्ने गीत आयो । नचाहिने डोली गीतमा लभ गरेर बिहे गर्ने चलन आएको सन्देश थियो । बिहेको सिजनमा नचाहिने डोली गीत धेरै बजेको लम्साल बताउँछन् । 

‘जीवनमा जस्तै गीत, संगीतमा पनि असल र कमसल पक्ष हुन्छन् । गायकको चेतना मजबुत बनाउन म आवश्यक देख्छु,’ उनले भने । गीतका शब्द र तिनको सार्थकतामा चिन्तन–मनन् र विश्लेषण गर्न आवश्यक रहेको युवा गायक लम्साल बताउँछन् । 

नेपालका गाउँघर, उकाली–ओराली, भञ्जाङ–चौतारीमा गुञ्जिने लोकदोहोरी गीतको ठूलो मैदान छ । लोकगीतमा स्वर, ताल, भाकालाई मात्र होइन, भाषा, भाव र साहित्यिक विषयलाई एकसाथ खेलाउन सकिन्छ । 

बसन्तलाई भाइरल हुन मन पर्दैन । उनलाई सबैको मनमा बस्न सक्ने कलाकार बन्ने रहर छ । आजकलका लोक तथा दोहोरी गीतहरूमा हुने अश्लील शब्द, संकेत र हाउभाउ उनले रुचाउँदैनन् । ‘गीत संगीत उत्ताउलो भएको छन् । भाइरल हुने नाममा उत्ताउला गीतहरू बजारमा ल्याउनु हुँदैन,’ उनले भने ।

बसन्तले अहिले पनि बुटवलको देउराली दोहोरी साँझमा गीत गाउँछन् भने बुटवलमा बुद्ध सामुदायिक टेलिभिजनमा लोकदोहोरी गीत सम्बन्धी कार्यक्रम पनि चलाउँछन् । उनले हालसम्म ६० भन्दा बढी गीतमा स्वर दिएका छन् । 

‘गीत संगीतको क्षेत्रमा आएर मैल नाम कमाएको छु । नाम पाएको छु । गुमाउन केही पनि गुमाएको छैन । यो क्षेत्रले देश–विदेशमा सम्पूर्ण लोक संगीत प्रेमीहरूको मन–मस्तिष्कमा बस्न पाएको छु । त्यसैले खुशी छु,’ उनी भन्छन् । 

मोफसलमा नै बसेर लोक तथा दोहोरी गीतको संरक्षण तथा जगेर्ना गर्नतिर बसन्त लागेका छन् । यसका लागि लोकदोहोरी पारखीको साथ तथा हौसलाको उनलाई खाँचो छ ।

‘मेरा गीतहरूलाई माया गरिदिनुभएको छ । तपाईंहरूको साथ माया सधैं रहने छ । तपाईंको साथले म अगाडि जाने हो । मेरा दर्शक–श्रोता भनेका मेरा भगवान् हुनुहुन्छ । त्यसैले सधैं भगवानको आशिर्वादले मलाई अगाडि बढ्ने प्रेरणा मिल्नेछ,’ उनले भने ।
 
कसैको भनेको भरमा संगीत क्षेत्रमा नआउन नयाँ कलाकारलाई बसन्तले सुझाव दिए । ‘पैसा र कसैको अनुरोधले कलाकार बनिँदैन । यो क्षेत्रमा टिक्न गाह्रो छ । आफूसँग कला र गला छ भने यो क्षेत्रमा अगाडि बढ्न सकिन्छ,’ बसन्तले भने ।

स्टेज कार्यक्रममा उनलाई अहिले भ्याइँ–नभ्याइँ छ । अहिले ‘गौतम बुद्ध जन्मेको देश’ गीत बजारमा ल्याउँदैछन् उनी ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x