१६ असार २०८३, मंगलबार

वैशाख मसान्तसम्म शहरका विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

वैशाख मसान्तसम्म शहरका विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रका विद्यालय आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गर्र्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शनिवार बसेको सीसीएमसीको बैठकले कोरोना भाइरस संक्रमणको रोकथामका लागि शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको समितिका एक सदस्यले लोकान्तरलाई जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले सिफारिसलाई अनुमोदन गरेपछि विद्यालय बन्दको निर्णय कार्यान्वयन हुनेछ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्नेबारे प्रस्ताव पेश गरेपनि मन्त्रिपरिषद्बाट निर्णय हुन सकेको थिएन ।

शहरी क्षेत्रबाहेक अन्य क्षेत्रमा प्रदेश र स्थानीय तहले निर्णय अनुसार विद्यालय सञ्चालन वा बन्द गर्न सकिने निर्णय समेत सीसीएमसीले गरेको छ ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि विद्यालय बन्द गर्नुपर्ने मत स्वास्थ्य मन्त्रालयले राख्दै आएको छ । मन्त्रालयले केही दिनअघि अपिल जारी गर्दै विद्यालय नजान अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्