२२ जेठ २०८३, शुक्रबार

झोलाभित्र राखेको फोन पड्किएपछि लाग्यो आगो (भिडियो)

बैशाख ७, २०७८
झोलाभित्र राखेको फोन पड्किएपछि लाग्यो आगो (भिडियो)

चीनमा बाटोमा हिँडिरहेका एक व्यक्तिको झोलामा फोन पड्किएर आगो लागेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

साउथ चाइना मर्निङ पोस्टले शेयर गरेको कुल ५१ सेकेन्डको क्लिपमा एकजना व्यक्ति एक महिलासँग भीडभाडयुक्त सडकमा हिँडिरहेको देखिन्छ । उसको झोलामा अचानक आगो लाग्छ । 

तत्कालै उसले झोलालाई भुइँमा फाल्छ र अलि पर जान्छ । घटनामा परी व्यक्तिको हात, कपाल र आँखीभौं डढेको बताइएको छ ।

उक्त व्यक्तिका अनुसार त्यो सन् २०१६ मा किनेको सामसुङको फोन थियो । फोनको ब्याट्रीले समस्या दिइरहेको तर घटना हुँदा त्यसलाई चार्ज नगरेको उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्