०४ असार २०८३, बिहीबार

अफ्रिकी मुलुक चाडका राष्ट्रपतिको मृत्यु

बैशाख ७, २०७८
अफ्रिकी मुलुक चाडका राष्ट्रपतिको मृत्यु

अफ्रिकी मुलुक चाडका राष्ट्रपति इद्रिस डेबीको मृत्यु भएको देशको सेनाले एक बयान जारी गरेर जनाएको छ । 

उनी युद्धको मोर्चामा लागेको चोटपटकका कारण बितेको बताइएको छ । 

उनी देशको उत्तरी भागमा रहेका विद्रोहीहरूका विरुद्ध एक सैन्य इकाइका कमान्डर थिए । 

सेनाका प्रवक्ता अजेम बर्मानदोआ अगौनाले देशको भौगोलिक अखण्डता जोगाउने क्रममा राष्ट्रपति डेबीको मृत्यु भएको बताए । 

गत अप्रिल ११ मा भएको आमनिर्वाचनमा डेबीले ८० प्रतिशत मत ल्याएको र छैटौंपटक कार्यकाल चलाउन लागेको बेलामा मृत्यु भएको हो । 

सन् १९९० मा पहिलोपटक राष्ट्रपति बनेका डेबीले लगातार शासन चलाउँदै आएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्