×

काला जातिका फ्लोयडलाई घाँटी थिचेर मार्ने प्रहरी अधिकृतलाई ७५ वर्षको सजाय

बैशाख ८, २०७८

अमेरिकाको मिन्नियपोलिसमा काला जातिका पुरुष जर्ज फ्लोयडको घाँटीमा नौ मिनेटसम्म घुँडा राखेर मार्ने प्रहरी अधिकृत डेरेक चोभिनलाई ७५ वर्षको कारावास सजाय पाउने गरी दोषी ठहर गरिएको छ । 

उनीविरुद्ध तीनवटा अभियोग लागेकोमा तीनैवटामा दोषी ठहर गरिएको हो । काला जातिको अधिकारका लागि भइरहेको संघर्षमा यसलाई ठूलो जीतका रूपमा हेरिएको छ । 
 


Advertisment

चोभिनलाई सजाय दिनुअघि ज्युररहरूले दुई दिनसम्म १० घन्टाभन्दा बढी छलफल गरेका थिए । 
 


Advertisment

मिन्नियपोलिसको हेन्नेपिन काउन्टी कोर्टहाउसमा मास्क लगाएर उपस्थित भएका चोभिनले दोषी ठहर गर्ने फैसलामा कुनै प्रतिक्रिया दिएनन् । 

पछि उनको धरौटी रद्द गरिएको थियो र उनलाई हत्कडी लगाएर अदालतको छेउको ढोकाबाट निकालिएको थियो । 

उनलाई पछि मिन्नेसोटाको स्टिलवाटरस्थित कारागार लगिएको थियो । 
 

चोभिनले फ्लोयडको घाँटीमा घुँडाले थिचेर मार्ने उद्देश्य नराखिकनै मारेको पाइयो । अनि चोभिनले पागल मनस्थिति राखेर काम गरेको पनि ठहर भयो । र फ्लोयडको मृत्यु हुने गरी चोभिनले दण्डनीय लापरवाही गरेको पनि ठहरियो । 
 

चोभिनलाई दुई महिनाभित्र अन्तिम सजाय सुनाइने भएको छ । 

घटनाको ११ महिनापछि चोभिनलाई दोषी ठहर गरिएको हो । सन् २०२० को मे २५ मा चोभिनले फ्लोयडको घाँटी र ढाडमा ९ मिनेट २९ सेकेन्डसम्म घुँडा राखेका थिए । फ्लोयडले सास फेर्न सकिनँ भनी बारम्बार भने र अन्तिममा उनको सास गयो । 

अमेरिकाको फौजदारी न्याय प्रणालीले काला जातिका मानिसलाई अमानवीय व्यवहार गर्ने भनी काला अमेरिकीहरूले लगाउने आरोपलाई फ्लोयडको हत्याको भिडियोले पुष्टि गरेको थियो । उक्त घटनापछि देशभरि व्यापक विरोध प्रदर्शन भएको थियो अनि लुटपाटका घटना पनि भएका थिए । 
 

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x