०१ असार २०८३, सोमबार

नक्कली पीसीआर रिपोर्ट बनाएको आशंकामा विदेश हिँडेका १२२ जना विमानस्थलबाटै फर्काइए

नक्कली पीसीआर रिपोर्ट बनाएको आशंकामा विदेश हिँडेका १२२ जना  विमानस्थलबाटै फर्काइए

नक्कली पीसीआर रिर्पोट बनाएको आशंकामा वैदेशिक रोजगारका लागि निस्किएका १ सय २२ जना त्रिभुवन विमानस्थलबाट फर्काइएका छन् । 

त्रिभुवन विमानस्थल स्रोतले दिएको जानकारी अनुसार बुधवार उनीहरूलाई फर्काइएको हो । 

नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको पाइएपछि मंगलवारमात्रै सील गरिएको ल्याबबाट नै उनीहरूले पीसीआर रिपोर्ट लिएको चेकजाँचका क्रममा पाइएपछि उनीहरूलाई फर्काइएको हो । 

विमानस्थलमा रहेको स्वास्थ्य डेस्कले रिपोर्ट हेरेर शंका लागेका सबैलाई फिर्ता पठाएको हो ।

यसैबीच प्रहरीले नक्कली रिपोर्ट बनाउने सुरिया हेल्थकेयर प्रा.लिका व्यवस्थापन प्रमुख खेलानन्दप्रसाद सिंहसहित ८ जनालाई पक्राउ गरेको छ ।

स्वाब संकलन तथा परीक्षण नै नगरी पीसीआर टेस्ट नेगेटिभ भनी उल्लेख भएका ४ थान नक्कली परीक्षण रिपोर्टसहित व्यवस्थापन प्रमुख खेलानन्दप्रसाद सिंहसहित ८ (आठ) जना व्यक्तिहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले कम्प्युटर लगायतका उपकरणहरू समेत बरामद गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्