१० असार २०८३, बुधबार

भारत : अस्पतालमा अक्सिजन ट्यांकर लीक हुँदा २२ जनाको मृत्यु

बैशाख ८, २०७८
भारत : अस्पतालमा अक्सिजन ट्यांकर लीक हुँदा २२ जनाको मृत्यु

भारतको महाराष्ट्रमा रहेको नासिकमा एक अस्पतालमा अक्सिजन ट्यांकर लीक हुँदा २२ जना कोरोनारोगीको मृत्यु भएको छ । 

घटनाका कारण आधा घन्टा जति रोगीहरूको अक्सिजन आपूर्ति ठप्प भएको थियो । 

घटना जाकिर हुसेन म्युनिसिपल अस्पतालमा बुधवार भएको हो । 

मर्ने रोगीहरू भेन्टिलेटरमा थिए र उनीहरूलाई निरन्तर अक्सिजन आपूर्ति आवश्यक थियो । जाकिर हुसेन अस्पताल कोभिड अस्पताल हो । त्यहाँ लगभग १५० रोगीहरू अक्सिजनमा निर्भर वा भेन्टिलेटरमा बसिरहेका थिए । 

घटनाको तस्वीरमा ग्यास अस्पताल बाहिर ट्यांकरबाट चुहिरहेको र घना कुहिरो फैलिएको देखिन्छ । 

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले सरकार घटनाको अनुसन्धानमा लागेको बताए । 

‘प्राप्त जानकारी अनुसार, भेन्टिलेटरमा रहेका रोगीमो मृत्यु भएको हो । ती रोगीहरूलाई अक्सिज दिइरहेको ट्यांकमा लीकेज भएको हो । रोगीहरू निरन्तर आपूर्ति नपाएर मरेका हुन सक्छन्,’ टोपेले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्