०५ असार २०८३, शुक्रबार

एकैदिन थपिए कोरोनाका २ हजार ३५१ संक्रमित, १८१ आईसीयू र ४७ जना भेन्टिलेटरमा

एकैदिन थपिए कोरोनाका २ हजार ३५१ संक्रमित, १८१ आईसीयू र ४७ जना भेन्टिलेटरमा

नेपालमा कोरोनाभाइरस (कोभिड- १९)का २ हजार ३ सय ५१ संक्रमित थपिएका छन् ।

८ हजार ८ सय ४४ जनाको पीसीआर र ८०३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पीसीआरतर्फ २ हजार २ सय २० र एन्टीजेनतर्फ १ सय ३१ गरी २ हजार ३ सय ५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्र १ हजार ५१ जना संक्रमित थपिएका छन् । जसअन्तर्गत काठमाडौंमा ७ सय ८६, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ जना छन् ।

पछिल्लो तथ्यांकअनुसार १ सय ८१ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यसमध्ये ४७ जना भेन्टिलेटरमा रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्