
जर्मनीको फूटबल क्लब शाल्के बीएलफेल्डसँग हारेर रेलिगेसनमा परेपछि प्रशंसकहरूले खेलाडीहरूलाई अण्डा हानेर लखेटेका छन् ।
बुधवार बिहान उज्यालो नहुँदै प्रशंसकहरूले खेलाडीहरूलाई लखेटेका हुुन् ।
शाल्के ३० वर्षमा पहिलोपटक रेलिगेसनमा परेको हो ।
‘
अपरिचित मानिसहरूले घटनामा हद पारेका छन् र त्यसलाई एफसी शाल्के ०४ ले अक्षम्य मानेको छ,’ क्लबले विज्ञप्ति जारी गर्दै बतायो ।
शाल्के क्लबको शहर गेल्सनकिर्चेनमा ६०० जना मानिस क्लबको स्टेडियममा खेलाडीहरूलाई कुरेर बसेका थिए । टोली आउनेबित्तिकै उनीहरूले अण्डाले हानेका थिए अनि लखेटेका थिए ।
प्रहरीले हस्तक्षेप गरेर घटनालाई चर्किन दिएको थिएन । कसैलाई चोटपटक लागेको छैन ।
दुई सीजनअघि च्याम्पियन्स लीगको नकआउट चरणमा पुगेको शाल्केको नाटकीय पतन भएको छ । यस सीजनमा उसले बुन्डेसलिगामा जम्मा दुई खेल जित्यो अनि क्लबको आर्थिक स्थिति पनि बिजोक छ ।
Schalke’s players, including Sead Kolasinac (on loan from Arsenal) & Shkodran Mustafi, had to flee from an angry mob of fans last night after their 1-0 loss away to Arminia Bielefeld confirmed their relegation to the 2.Bundesliga. [@VoetbalUltras] #afc pic.twitter.com/2zF2mpNNgk
— afcstuff (@afcstuff) April 21, 2021