२४ जेठ २०८३, आइतबार

टेलिकमको नेटवर्क सम्बन्धी समस्या समाधान गर्न निर्देशन

बैशाख ८, २०७८
टेलिकमको नेटवर्क सम्बन्धी समस्या समाधान गर्न निर्देशन

संसदीय समितिले ग्रामीण क्षेत्रमा देखिएका टेलिकमको नेटवर्क सम्बन्धी समस्या जतिसक्दो चाँडो समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभा, अर्थ समितिको बुधवारको बैठकमा सांसदले अझै पनि कतिपय दूरदराजका बस्तीमा नेपाल टेलिकमकै सेवा पुग्न नसकेको भन्दै सेवा विस्तार र गुणस्तरीयता ध्यान दिनुपर्ने खाँचो औंल्याए ।

चालू आवको बजेट कार्यान्वयनको अवस्था र आगामी आवको बजेट तयारी सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल भएको थियो । 
     
सांसद श्यामकुमार श्रेष्ठले ग्रामीण क्षेत्रका डाँडामा मात्रै नेटवर्क टिप्ने र खाल्डो गाउँमा नटिप्ने समस्यालाई समाधान गर्दै फोरजी सेवालाई सबै जनताको पहँुचसम्म पुर्‍याउनुपर्नेमा जोड दिए ।

सांसदले प्रभावकारी नदेखिएको हुलाक सेवालाई सरकारले कुरियर सेवामा परिणत गर्दै गाउँगाउँसम्म विस्तार गर्नुपर्ने धारणा राखेका थिए । समिति सभापति कृष्णप्रसाद दाहालले नेपालमा प्रविधिको विकास भए पनि कामकाज प्रविधिमैत्री हुन नसकेको बताउँदै हुलाक सेवालाई उत्पादनसँग जोडेर अगाडि बढाउनुपर्ने बताए ।

उनले आईटी इञ्जिनीयर रोजगारीका लागि विदेश जान नपर्ने गरी आगामी नीति तथा कार्यक्रम तय गर्न सरकारलाई सुझाव दिए ।

सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयले डिजिटल नेपालको फ्रेमवर्कलाई पूरा गर्ने गरी तीव्ररूपमा काम गरिरहेको र आगामी आर्थिक बजेटमा समेत त्यसलाई प्राथमिकता दिएको जानकारी गराए । 

salt training

कमेन्ट गर्नुहोस्