×

NMB BANK
NIC ASIA

लामो संवादहीनता तोड्दै ओली-नेपाल दुई घण्टा वार्ता

बैशाख ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो संवादहीनता तोड्दै बुधवार भेटवार्ता भएको छ । काठमाडौंको नागपोखरीस्थित एक पाँचतारे होटलमा बुधवार साँझ नेताद्वय बीच झण्डै २ घण्टा वार्ता भएको थियो ।

Muktinath Bank

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको समयमा ओली र नेपालबीच बुधवार भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपा स्थापना दिवसको पूर्वसन्ध्यामा दुइ नेताहरुबीच पार्टीभित्रको विवादलाई लिएर छलफल भएको हो । नेकपा स्थापना दिवसको अवसरमा भोलि केपी ओलीले बल्खुमा पार्टी कार्यालयको शिलान्यास तथा दिउँसो थापाथलीस्थित भाडाको भवनका एमालेको नयाँ कार्यालयको उद्घाटन गर्दैछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीसँगको भेटबारे नेता नेपालले भोलि आफूपक्षीय नेताहरुसँग छलफल राखेको उनीनिकट स्रोतले बतायो । बैठकपछि बाहिरिने क्रममा नेता नेपालले पत्रकारहरुलाई कुनै प्रतिक्रिया दिएनन् । भेटको प्रवन्ध गरेका मोतीलाल दुगडले दुवै नेताहरुले प्रफुल्ल मुद्रामा कुरा गरेको बताए ।


Advertisment
Nabil box
Kumari

ओली र नेपालबीच ३५ दिनपछि औपचारिक वार्ता भएको हो । यसअघि गत चैत्र २ गते धुम्वराही स्थित पार्टी कार्यालयमा छलफल भएको थियो । पार्टीसहित विपरितका गतिविधिमा सहभागि भएको भन्दै ओलीले नेपाल सहित ४ जना नेतालाई निलम्बन गरेका छन् । नेपाल पक्षका २७ जना सांसदलाई तीन दिने स्पष्टीकरण सोधिएको छ ।

Vianet communication
Laxmi Bank

माधव नेपाल पक्षले एमालेलाई सर्वोच्च अदालतको आदेश अनुसार २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनु पर्ने अडान राख्दै आएको छ ।


hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x