२६ असार २०८३, शुक्रबार

ओली–नेपाल वार्ताः प्रफुल्ल मुद्रामा होटल मेरियटबाट बाहिरिए दुबै नेता

ओली–नेपाल वार्ताः प्रफुल्ल मुद्रामा होटल मेरियटबाट बाहिरिए दुबै नेता


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बुधबार साँझ भेटवार्ता भएको छ । पार्टीभित्र बढ्दो तिक्तताका बीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
राजधानीको होटल मेरियटमा करिब २ घण्टा भएको भेटवार्तामा के कुरा भयो भन्ने ठोस विषय हालसम्म बाहिरिएको छैन ।

वार्तापछि दुबै नेता प्रफुल्ल मुद्रामा होटलबाट बाहिरिएका थिए भने सञ्चारकर्मीले नेता नेपाललाई भेटबारे जानकारी दिन आग्रह गर्दा कुनै प्रतिक्रिया दिन चाहेनन् ।
वार्तामा दुबै नेताले आ–आफ्नो कुरा राख्नुका साथै पार्टीमा मिलेर जानुपर्ने विषयमा छलफल भएको बुझिएको छ ।

बैठकमा नेपालले ओलीलाई पार्टीलाई मिलाएर लैजाने जिम्मेवारी अध्यक्षको भएको भन्दै विश्वासको वातावरण तयार गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोदी दुगडले दुबै नेता प्रफुल्ल मुद्रामा बाहिरिएकाले वार्ता सकारात्मक भएको अनुमान गर्न सकिने बताए । यद्यपि वान टु वान वार्ता भएकाले आफूलाई छलफलको विषय थाहा नभएको दावी गरे ।


आजै माधव नेपाल पक्षका प्रभावशाली युवा नेता योगेश भट्टराईले  बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर छलफलबाटै पार्टी एकता जोगाउन आग्रह गरेका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिएका थिए ।

यसअघि पछिल्लोपटक गत चैत्र २ गते धुम्बाराहीस्थित पार्टी कार्यालयमा ओली र नेपालबीच भेटवार्ता भएको थियो ।

माधव नेपाल पक्षका २७ जना सांसदहरूलाई कारवाहीका लागि स्पष्टीकरण सोधिएको भोलिपल्टै ओली र नेपालबीच भएको भेटवार्ता भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्