१४ असार २०८३, आइतबार

ओली–नेपाल भेटको तस्बिर बाहिरियो

ओली–नेपाल भेटको तस्बिर बाहिरियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटको तस्बिर सार्वजनिक भएको छ । राजधानीको मेरियट होटलमा दुई नेताबीच करिब दुई घण्टा वान टु वान वार्ता भएको हो ।
पार्टी फुट उन्मुख भएको बेला दुई नेताबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली र नेपालबीच भएको भेटको तस्बिर सार्वजनिक गरेका छन् ।
भेटबारे अहिलेसम्म दुबै नेताले कुनै प्रतिक्रिया दिएका छैनन् । भेटपछि एमालेभित्रको विवाद कुन दिशातिर जाला भन्नेमा सर्वत्र चासो छ । 

salt training

कमेन्ट गर्नुहोस्