२२ जेठ २०८३, शुक्रबार

कोरोना अस्पतालबाट यी महिला डाक्टरले रुँदै गरिन् बिन्ती, अवस्था भयावह [भिडियो]

बैशाख ९, २०७८
कोरोना अस्पतालबाट यी महिला डाक्टरले रुँदै गरिन् बिन्ती, अवस्था भयावह [भिडियो]
प्रतिकात्मक तस्वीर

कोरोना भाइरस संक्रमणको दोस्रो लहर भयानक रूपसहित भारत लगायत देशमा देखिएको छ । भारतका विभिन्न क्षेत्रका बिरामीले अस्पतालमा भर्ना नपाएको, अक्सिजन र भेन्टिलेटरको अभाव भएको लगायत दर्दनाक अवस्था देखिएका छन् ।

यस्तै बेला महाराष्ट्रकी एक डाक्टरको भिडियो सार्वजनिक भएको छ, जसमा रुँदै ती महिला डाक्टरले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सबैमा बिन्ती गरेकी छन् ।

डा. तृप्ती गेलडाले भनेकी छन्, ‘मलाई यति लाचार महसूस कहिल्यै भएको थिएन, अवस्था झनझन् बिग्रिँदै गएको छ, कोरोना भाइरस हामी सबैको वरिपरि घुमिरहेको छ । हामी बिरामीलाई मद्दत गर्न सकिरहेका छैनौं ।’

डा. तृप्तीले मास्क प्रयोग गर्न र कोरोना विरुद्धको खोप लगाउन आह्वान गरेकी छन् । उनले भनिन्, ‘अहिले यस्तो अवस्था छ कि डाक्टर र उनका परिवारले नै अस्पतालमा भर्ना पाइरहेका छैनन्, सबै शय्या भरिएका छन् ।’

salt training

कमेन्ट गर्नुहोस्