बलिउड अभिनेता शाहरुख खानकी पत्नी गौरी खान र छोरा आर्यन खान मुम्बईबाट न्युयोर्क जानका लागि विमानस्थल पुगेको भिडियो सार्वजनिक भएपछि मानिसहरू आक्रोशित भएका छन् ।
भारतमा कोरोनाको स्थिति खराब हुँदै गएको बेलामा सेलेब्रिटीहरू देशबाहिर गइरहेकाले मानिस रिसाएका हुन् । माल्दिभ्स गएर अर्धनग्न तस्वीरहरू राख्ने धनी सेलेब्रिटीप्रतिको रिस मानिसहरूले गौरी र आर्यनमाथि पोखेका हुन् ।
विरल भयानी नामक फोटोग्राफरले गौरी र आर्यनको भिडियो पोस्ट गरेपछि युजरहरूले लेखे, ‘यी सेलेब्रिटीहरू नाम मात्रका भारतीय हुन् । देशमा मुश्किल स्थिति आउँदा देशबाट भाग्छन् ।’
यिनीहरू लाज हराएका मान्छे हुन् भनी मानिसहरूले टिप्पणी गरेका छन् ।
रिसाएको सुरमा केही मानिसले यिनीहरूलाई भारतबाट निकाल्न समेत भनेका छन् ।