२० असार २०८३, शनिबार

ओलीले सोधेको स्पष्टीकरणको जवाफ तयार गर्न खनाल-नेपाल पक्षका सांसदहरू छलफलमा

ओलीले सोधेको स्पष्टीकरणको जवाफ तयार गर्न खनाल-नेपाल पक्षका सांसदहरू छलफलमा

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ तयार गर्न नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरू छलफलमा जुटेका छन् ।

काठमाडौंको बुद्धनगरस्थित साहना प्रधान स्मृति प्रतिष्ठानको कार्यालयमा बिहीवार ११ बजेदेखि छलफलमा जुटेको सहभागि एक सांसदले लोकान्तरलाई जानकारी दिए । 

गुटगत क्रियाकलापमा लागेको भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले नेपाल पक्षका २७ संघीय सांसद र ५ जना प्रदेशका सांसदसँग तीन दिने स्पष्टीकरण माग गरेका थिए ।

कर्णाली प्रदेशमा सांसदहरूले फ्लोर क्रश गरेपछि वैशाख ६ गते नेपाल पक्षका सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो । स्पष्टीकरणको समय बिहीवार गुज्रँदैछ । 

बुधवार भएको छलफलमा नेपाल पक्षले स्पष्टीकरण पेश गर्ने निर्णय गरेको थियो । स्पष्टीकरण पेश गरेपनि सांसदमाथि गर्न लागिएको कार्वाही रोक्न माग गर्दै खनाल नेपाल पक्षले सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरेको छ ।

बुधवार अध्यक्ष ओली र नेता नेपालबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन नसकेको नेताहरूले बताएका छन् ।

बिहीवार सांसदहरूको भेलामा नेता नेपालले बुधवार ओलीसँगको भेटवार्ता बारे समेत ब्रिफिङ गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्