१० असार २०८३, बुधबार

‘प्रचण्ड पहिलाजस्तै गर्जियोस् भन्ने जनताको चाहना छ’

‘प्रचण्ड पहिलाजस्तै गर्जियोस् भन्ने जनताको चाहना छ’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टी पहिलाको जस्तै भइदेओस् भन्ने जनताको चाहना रहेको बताएका छन् । 

‘माओवादी पहिलाकै जस्तै क्रान्तिकारी भैदेओस्, प्रचण्ड पहिलाकै जस्तै गर्जियोस् भन्ने जनताको चाहना छ,’ बिहीवार कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा अन्तिम समयसम्म लडिराख्ने संकल्प गर्नु नै आजको अवश्यकता छ ।’

प्रचण्डले पार्टी एकता गर्नु गल्ती थियो भन्नु भुल हुने उनले बताए । ‘शक्ति सन्तुलन हाम्रो पक्षमा नरहेकाले एकता रोक्न नसकेपनि पराजित भएको होइन । प्रतिनिधि सभामा बहुमत सदस्यले हस्ताक्षर गरेर दलबाट फालेको हो, तर विदेशीको आडमा टिकिराख्ने । के भयो नेपालमा, कसले गर्‍यो ? कताबाट आयो ?’ प्रचण्डले भने ।  

प्रचण्डले स्पष्ट विचार र अनुशासित संगठनसहित आफ्नै खुट्टामा उभिनुपर्ने भन्दै जनतासँग अन्तरक्रिया गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए । 

salt training

कमेन्ट गर्नुहोस्