२७ जेठ २०८३, बुधबार
एमाले विवाद समाधानको प्रयास

ओली र नेपालबीच आज पनि छलफल हुँदै, नेपाल परामर्शमा

ओली र नेपालबीच आज पनि छलफल हुँदै, नेपाल परामर्शमा

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरूप नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीवार पनि छलफल हुँदैछ । 

भेट होटल मेरियटमा दिउँसो २ बजेका लागि तय भएको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले जानकारी दिए ।

लामो संवादहीनता तोड्दै अध्यक्ष ओली र नेता नेपालबीच बुधवार झण्डै दुई घण्टा छलफल भएको थियो ।

बुधवारको छलफललाई ‘आइसब्रेक’को संज्ञा दिएका एमालेका दोस्रो तहका नेताहरू बिहीवारको छलफलले कुनै निकास दिने विश्वासमा छन् । 

ओलीसँग बुधवार भएको भेटवार्ताबारे नेता नेपालले आफूपक्षीय नेताहरूसँग परामर्श गरेका छन् ।

स्थायी कमिटीका सदस्य र सांसदरूसँग नेता नेपालले परामर्श गरेका हुन् । बिहीवार दिउँसो भेटवार्ता गर्ने भनिए पनि समय तय भइनसकेको एमाले स्रोतले बतायो । 

कर्णाली प्रदेशमा एमाले सांसदले फ्लोर क्रश गरेर माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भोट हालेपछि एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ । 

पार्टीमा गुटगत क्रियाकलाप गरेको भन्दै अध्यक्ष ओलीले नेपाल पक्षका २७ जना सांसदलाई सोधेको तीन दिने स्पष्टीकरणको म्याद बिहीवार सकिँदैछ ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुक्रवारका लागि बोलाइएको छ ।

शुक्रवारको बैठकअघि ओलीले नेता नेपाललगायत अन्य नेताहरूसँग पनि परामर्श गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्