भारतको पञ्जाबमा रहेको चण्डीगढमा बेहुली विवाह गर्ने ठाउँमा जाँदै गर्दा प्रहरीले मास्क नलगाएको भन्दै जरिवाना तिराएको छ ।
ती बेहुली सेक्टर ८ को गुरद्वारा जाँदै गर्दा प्रहरीले ट्राफिक लाइटमा देखेर गाडी रोक्न लगाएको थियो । बेहुलीले मास्क नलगाएको भन्दै रोक्न लगाइएको थियो ।
कार रोकिएपछि उनी र उनका परिवारका सदस्यले मास्क लगाउँदा उनको महंगो मेकअप बिग्रन्छ भनेका थिए ।
प्रहरीले यसलाई मानेन र एक हजार भारु जरिवाना तिरायो ।
भारतमा कोरोनाभाइरसको दोस्रो लहरले लाखौं मानिसलाई प्रभावित पारेको छ ।