
रुसका रक्षामन्त्रीले बिहीवार सैनिकहरूलाई युक्रेन सीमाबाट आफ्नो नियमित पोजिसनमा फर्किन आदेश दिएका छन् ।
यसले हप्तौंदेखिको भूराजनीतिक तनाव अन्त्य गर्ने अपेक्षा गरिएको छ । युक्रेन सीमामा रुसले भारी संख्यामा सैनिक तैनाथी गर्दा तनावको स्थिति थियो ।
‘सैनिकहरूले देशको रक्षा गर्ने क्षता विश्वसनीय रूपमा देखाएका छन् । त्यसैले मैले दक्षिणी र पश्चिमी सैन्य जिल्लामा निरीक्षण पूरा गर्ने निर्णय लिएको छु,’ रक्षामन्त्री सर्गे शोइगुले बताए ।
सैनिकहरू शुक्रवारदेखि आफ्नो अड्डामा फर्किन थाल्ने शोइगुले बताए ।