
बालुवाटारमा बिहीवार साँझ मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।
बैठक शुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालले राखेका मागका विषयमा छलफल हुने एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।
बैठकमा कोरोना भाइरस संक्रमण रोकथामको अवस्था र उपाय तथा अन्य नियमित एजेन्डाबारे छलफल हुने जनाइएको छ ।