०४ असार २०८३, बिहीबार

भारतले गर्‍यो गैरनाफामूलक संस्थालाई बस र एम्बुलेन्स प्रदान

बैशाख ९, २०७८
भारतले गर्‍यो गैरनाफामूलक संस्थालाई बस र एम्बुलेन्स प्रदान

भारत सरकारले नेपालका गैरनाफामूलक संघसंस्था तथा शैक्षिक प्रतिष्ठानलाई उपहारस्वरूप बस तथा एम्बुलेन्स प्रदान गरेको छ ।

भारतीय राजदूतावासमा बिहीवार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ३९ वटा एम्बुलेन्स र ६ वटा बस सम्बन्धित संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरे ।

यसअघि भारतले नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार निर्माण भएका ‘एडभान्स लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट र कमन लाइफ सपोर्ट’ गरी ३ किसिमका थप एम्बुलेन्स प्रदान गरेको थियो । 

हालसम्म भारतले ८६२ वटा एम्बुलेन्स र १६६ वटा स्कूल बस उपहारस्वरूप नेपालका सामाजिक संघसंस्था र विद्यालयलाई प्रदान गरिसकेको छ ।

नेपालका ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न तथा शिक्षक र विद्यार्थीको आवागमनमा सघाउन भारतले बर्सेनि केही एम्बुलेन्स र स्कूल बस उपलब्ध गराउँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्