कोरोना भाइरस संक्रमणको महामारी रोकथामका लागि सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने मापदण्ड बनाएपनि कोरोना विरुद्धको खोप लगाउन नै भीडभाड हुन थालेको छ ।
ललितपुरको एकान्तकुनास्थित अल्का अस्पतालमा कोरोना विरुद्धको खोप लगाउन लागेको लाइनले कोरोनालाई नै चुनौती दिएको जस्तो देखिन्थ्यो ।
देशमा कोरोनाको दोस्रो लहर बढेपछि खोप लगाउन सर्वसाधारणको भीड लाग्ने गरेको छ ।
चीनले अनुदानमा उपलब्ध गराएको ‘भेरो सेल’ खोपको पहिलो डोज सर्वसाधारणलाई लगाउन थालिएको छ । कोरोना खोप लगाउन पुगेका सर्वसाधारणको लाइन निकै लामो र भीडभाड हुँदा जोखिम हुनसक्ने देखिएको छ ।
हेर्नुहोस् भिडियो रिपोर्ट –