०६ साउन २०८३, बुधबार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

असार २८, २०८३
काठमाडौं
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?
फाइल फोटो

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ६०० रुपैयाँले बढेको छ भने चाँदी ३५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४७५ रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको चाँदी चार हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १४५ र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्