सैनिक आचारसंहिता सप्‍ताह सम्पन्‍न

 वैशाख २ गतेदेखि संचालन भएको ‘तेस्रो सैनिक आचार संहिता सप्ताह –२०७८’ सम्पन्न भएको छ । बिहीबार प्रधान सेनापति पूर्णचन्द्र थापाले एक विशेष समारोहका बीच जङ्गी अड्डामा कार्यक्रम सम्पन्न गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति थापाले हाम्रो सोचाई र व्यक्तिगत मुल्य मान्यतामा जबसम्म परिवर्तन आउँदैन, तबसम्म संगठनको कार्यशैलीमा परिवर्तनको आकांक्षा राख्‍नुको कुनै अर्थ नभएको बताए । परिवर्तनको शुरुवात् आफैंबाट गरौं भन्ने भावना सहित लिईएको सकारात्मक परिवर्तनको पहलकदमीको औचित्य सावित हुँदा यसबाट सम्पूर्ण सैनिक व्यक्ति र मूल रुपमा सैनिक संगठन लाभान्वित हुनेमा जोड दिंदै प्रधान सेनापति थापाले यस किसिमको कार्यक्रमबाट कर्तव्य पालनाका सिलसिलामा गर्न हुने र नहुने कामहरुका बारेमा व्यावहारिक प्रष्टता ल्याउनुका अलवा शंकाको सुविधाका भरमा व्यक्तिगत फाईदा लिने प्रबृत्तिलाई समेत निरुत्साहित गर्ने बबताए ।
कोभिड१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी भौतिक दुरी कायम राखी सञ्चालन गरिएको उक्त कार्यक्रममा रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिती रहेको थियो ।
सो क्रममा पतञ्‍जली योग समिति नेपालका प्रमुख योगसाधक लवदेव मिश्रबाट सदाचार, मानवीय मुल्य मान्यता सम्बन्धमा मानवीय आचरण, मूल्य मान्यता सम्बन्धमा अभिप्रेरणात्मक प्रवचन दिएका थिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्