
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक समारोह बीच लाप्राक नमूना बस्तीका घरहरु हस्तान्तरण गरेका छन् ।
लालपुर्जा सहित गोरखाको धार्चे गाउँपलिकाका लाभग्राहीहरुलाई बिहीबार हस्तान्तरण गरिएको हो ।
२०७३ साल बैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघ वीच त्रिपक्षीय सम्झौता सम्पन्न भई नमूना बस्तीको निर्माण कार्य सुरु भएको थियो । विसं २०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित बासिन्दालाई गैरआवासीय नेपाली संघको प्रत्यक्ष सक्रियतामा ५ सय ७३ वटा नीजि आवास निर्माण सम्पन्न भएको हो ।




