२४ असार २०८३, बुधबार

नेपाली कामदारकोदुई करोड ५० लाख रुपैयाँ मिनाहा

बैशाख १०, २०७८
नेपाली कामदारकोदुई करोड ५० लाख रुपैयाँ मिनाहा

साउदी अरबको रियादस्थित फ्यामेलीकियर अस्पतालले एक नेपाली कामदारको उपचार गर्दा लागेको झन्डै दुई करोड ५० लाख रुपैयाँ (८ लाख २३ हजार रियाल)को मिनाहा गरिदिएको छ ।


अस्पतालले साढे दुई वर्षपछि हरैचा–९,मोरङका वेदबहादुर भुजेलको उपचार खर्च मिनाहा गरिदिएको हो । उपचार खर्चको बिल भुक्तानीगर्न नपरेपछि उनी बिहीबार स्वदेश फर्केका छन् । उपचार खर्च तिर्न नसकेपछि अस्पतालले साढे दुई वर्षअघि रियादस्थित स्थानीय अदालतमा भुजेलविरुद्ध मुद्दा दायर गरेको थियो । रियादस्थित नेपाली दूतावासले निरन्तर मुद्दा फिर्ता लिएर उपचारको बिल मिनाहगर्न अनुरोध गर्दै आएको थियो । कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्