नब्याएको बाच्चीले दुध दिन थालेपछि....

झापाको  गौरादह  नगरपालिका–३   का   राजन   पन्तको   घरमा   पालेको  गाईको  बाच्छीले  नब्याइकन  नै  चार  दिनदेखि  दूध  दिन  थालेपछि  स्थानीयवासी  अचम्मित भएका छन् ।
नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको    घरमा    बिहानदेखि    बेलुकासम्म   मानिसको   भीड   लाग्न  थालेको  छ  ।  “चिकित्सा  विज्ञानलाई आश्चर्यमा पार्ने गरी आफ्नै  गोठमा  बाँधेर  पालेको  २१   महिनाको   बाच्छीले   दूध   दिन  थालेपछि  अचम्म  लाग्यो,”  पन्तले भने । पशु        चिकित्सकलाई        जाँच  गराउँदा  गाईले  गर्भधारण  नगरेको  पाइएको  गाईधनी  पन्तले  बताउँदै  भने,  “घरमा  बाँधेर  पालेको   बाच्छी   २१   महिनाको   मात्र  भयो  ।  यसलाई  कहीँ  लगिएको  पनि  छैन  ।”

  “एक हप्तादेखि बाच्छीको अचानक फाँचो ह्वात्तै बढ्यो  ।  थुनसमेत  ब्याएको  गाईको  जस्तो  पघ्रेर  आए  ।  बाच्छीको  थुन  गानिन  थालेपछि  हामीले  दुहुन थाल्यौँ । उसले आरामले दूध दिन थाल्यो,” गाईधनी पन्तले भने । अहिले दैनिक एक पटक दुहुने गरेको र दूध  अलि  पातलो  र  पहेँलो  रहेको  पनि  उनले बताए ।  बिगौती  दूध  भएकाले  घरमा  कसैले  पनि  नखाएको  दूध  बाख्र्राका  पाठालाई  दिने गरिएको छ । यस  सम्बन्धमा  गौरादह  नगरपालिकको  पशु  सेवा  शाखाका  प्रमुख  सन्तोष  भण्डारीले  यो अप्राकृतिक गर्भधारण भएको बताए ।


Advertisement

  कहिलेकाहीँ   पशुको   नियमित   प्रक्रियाभन्दा   बाहिर  गएर  हर्मनको  विकास  हुँदा  यस्तो  हुने  र  यसलाई  फल्स  प्रेगनेन्ट  अर्थात्  (झुटो  गर्भाधान)  भनिने  उनको  भनाइ  छ  ।  यो  हर्मनका  कारण  भएको  हुनाले  केही  समयमा  हराउन   पनि   सक्ने   केहीको   भने   लामो   समयसम्म    पनि    रहनसक्ने    भण्डारीले    बताए । गोरखापत्रमा खबर छ ।

 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्