
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको भावी रणनीति बनाउन नेकपा एमाले केन्द्रीय कमिटी (दशौं महाधिवेशन आयोजक कमिटी)को बैठक शुक्रवार बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बैठक बस्दैछ ।
बैठकमा माधव नेपाल पक्षका सांसदलाई सोधिएको स्पष्टिकरण जवाफबारे छलफल हुने एक केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए ।
यसअघि वैशाख ६ गते बसेको बैठकले कर्णाली प्रदेश सभामा पार्टीको ह्विप उल्लघंन गर्दै फ्लोर क्रस गरेको विषयमा कर्णाली प्रदेशका ५ र प्रतिनिधि सभाका २७ सांसदसँग स्पष्टिकरण सोधिएको थियो ।
नेता नेपाल, झलनाथ खनाल सहितका सांसदहरुले बिहीवार नै स्पष्टीकरण पेश गरिसकेका छन् । आफूहरुमाथि कार्वाही हुने सम्भावना रहेको भन्दै नेपाल पक्षले सर्वोच्च अदालतमा रिट समेत दर्ता गराएको छ ।
केन्द्रीय कमिटीको बैठकअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीवार नेकपाका प्रभावशाली नेता वामदेव गौतमसँग बालुवाटारमा डिनर मिटिङ गरेका थिए । ६ गतेको बैठकमा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।