पोखरा, १५ जेठ पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीले आइतबार पदभार ग्रहण गरेका छन् । निर्वाचित मेयर मानबहादुर जीसी र उपमेयर मञ्जुदेवी गुरुङले पोखराको न्युरोडस्थित महानगरपालिकको कार्यालयमा पदभार ग्रहण गरे ।
पदभार ग्रहण गरेलगत्तै मेयर जीसीले ३ आदेशमा हस्ताक्षर गरेका छन् । महानगरपालिकाबाट दिइने सेवा प्रवाहलाई १० दिनभित्र प्रभावकारीरुपमा देखिने बनाउने, नेपाल सरकारले ज्येष्ठ नागरिकलाई उपलब्ध गराउने सामाजिक सुरक्षा भत्तामा आगामी आर्थिक वर्षबाट लागू हुने गरी १० प्रतिशत रकम महानगरपालिका कोषबाट थप गरी वितरण गर्ने र महिला हिंसा सम्बन्धि मुद्दामा कार्यालयले निस्शुल्क कानूनी परामर्श सेवा उपलब्ध गराउने उनले निर्णय गरे, कान्तिपुरमा खबर छ ।