×

NMB BANK
NIC ASIA

बढ्दो संक्रमण

नेपालगञ्जमा कोरोना संक्रमणको स्थिति 'भयावह' : अस्पतालहरू भरिभराउ, भुइँमा पनि ठाउँ छैन !

बैशाख १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि बाँकेको अवस्था भयावह बन्दै गएको छ ।

Sagarmatha Cement
Muktinath Bank

भेरी अस्पताल नेपालगञ्जमा कोरोना संक्रमितहरूले बेड पाइरहेका छैनन्। भएका बेड भरिभराउ र भुइँमा समेत उपचार गराउनका लागि पर्याप्त स्थान नहुँदा बिरामीहरूको बिजोग भएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले एक दिनमा १५ सय जति सक्रिय संक्रमित रहँदा उपचारका लागि अस्पतालको शय्या अभाव भएको बताए ।


Advertisment
Nabil box
Kumari

'हाम्रो भेरी अस्पतालमा १५० वटा शय्या पूरै भरिएको छ, त्यसमध्ये बाँकी संक्रमित बिरामीलाई भुइँमै राखेर समेत उपचार गरिरहेका छौं,' मेसु थापाले भने, 'मुख्यरूपमा गम्भीर र जटिल प्रकारका रोगीहरू बढेकोबढ्यै छ, आवश्यक अक्सिजन सिलिन्डर समेत आपूर्ति गर्न सकेका छैनौं।'

Vianet communication
Laxmi Bank

गएको दुई हप्तामा बाँकेमा १५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको उनले बताए। भेरी अस्पतालमा आईसीयूमा ५० जना, भेन्टिलेटरमा ६ जना अहिले पनि उपचाररत छन् तर बाँकी बिरामीलाई आवश्यक पर्ने अक्सिजन आपूर्ति नै गर्न नसकिएको उनले बताए।

'जटिल किसिमका बिरामीहरूको संख्या ह्वात्तै बढिरहेको छ, संक्रमणको दर पनि अत्यन्त तीव्र छ,' डा. थापाले भने, 'अक्सिजन सिलिन्डरको माग बढी भयो तर आपूर्ति कम भएका कारण भारतको जस्तै यहाँ पनि अक्सिजन सिलिन्डर अभावमा बिरामीहरू छटपटाउन बाध्य छन्। '

भेरी अस्पतालबाहेक कोहलपुर मेडिकल कलेजमा समेत १ सय शय्याको अस्पतालमा १ सयभन्दा बढी बिरामी भएपछि भुइँमै राखेर बिरामीको उपचार गर्नुपर्ने अवस्था छ ।

बाँकेमा २०७८ वैशाख ९ गते २७६ जनाको पीसीआर परीक्षण गर्दा २४८ जनामा कोरोना संक्रमण भेटिएको थियो । अर्थात् ८९.८५ प्रतिशत नमूनामा संक्रमण फेला परेको थियो ।

जसमध्ये बाँके जिल्लामा मात्र २०७, बर्दियामा २१ र बाँकी अन्य जिल्लाबाट आएको स्वाबको परीक्षण गरिएको थियो ।

त्यसैगरी वैशाख ८ गते ३५० वटा नमूनाको पीसीआर परीक्षण गर्दा २०४ जनामा संक्रमण फेला परेको थियो । अर्थात ५८.२८ प्रतिशत पोजिटिभ पाइएको थियो । जसमध्ये बाँके जिल्लामा मात्र १५४, बर्दियामा २६ र मिलिटरी अस्पतालबाट संकलित ८ नमूना पोजेटिभ देखिएको थियो ।

भेरी अस्पतालका अनुसार संक्रमितको औसत उमेर ३४ वर्ष रहेकोमा न्युनतम २ देखि अधिकतम ८१ वर्ष सम्मका विरामीहरू छन् ।

त्यसैगरी वैशाख ७ गते १९३ वटा नमूनामध्ये १७९ मा पोजेटिभ, वैशाख ६ गते ३७५ नमूनामा २१९ पोजेटिभ भेटिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी रामबहादुर थापाका अनुसार पारी भारतबाट एक दिनमा ६ देखि ७ हजारको संख्यामा नेपालीहरू घर फर्किरहेका छन्, जसमध्ये धेरैजसो संक्रमित हुने गरेको उनले बताए ।

उपमहानगरपालिकाले अहिले ५० वटा अक्सिजन सिलिन्डर किन्ने तयारी पूरा गरेर प्रशासनको सुरक्षा बन्दोबस्तसहित ल्याउन लागेको थापाले बताए। उपमहानगरपालिकाले पनि ५० बेडको आइसोलेसन सेन्टर सञ्चालन गरेकोमा सबै बेड भरिसकेको उनले बताए।

धेरैजसो बिरामीहरू होम आइसोलेसनमा बसे पनि गम्भीर प्रकृतिका संक्रमितहरूले उपचार पाउन अस्पतालमा ठाउँ नै नपाएको उनले पनि स्वीकार गरे।

'भेरी अस्पताल नेपालगञ्जका ३० जना कर्मचारीहरूमा पनि कोरोना संक्रमण पाइएकाले जनशक्तिको समेत अभाव भएको छ,' थापाले भने, 'त्यसैले उपमहानगरपालिकाका कर्मचारीलाई समेत तालिम दिएर होम आइसोलेसनमा प्राथमिक उपचारका लागि पठाएका छौं।'

बाँकेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार बाँके जिल्लामा मात्रै अहिले २ हजार जति सक्रिय संक्रमित छन्।

'भएको आइसोलेसनसहितको अस्पताल भरिभराउ छ, अस्पतालमा बेड नै नपाउने भएपछि बिरामीलाई अक्सिजन दिन समस्या भएको हो,' सीडीओ गेलालले भने, 'तोकिएको अस्पतालको बेड संख्या बढाउनेदेखि अन्य थप आइसोलेसन निर्माण गर्नका लागि समेत पहल थालेका छौं।'

बाँकेमा स्थानीय प्रशासनले गत वैशाख ९ गते देखि निषेधाज्ञा जारी गरेको छ। परिस्थिति हेरेर मात्र निषेधाज्ञा फुकुवा हुने उनले बताए। समुदाय स्तरमा कोरोना रोकथामका लागि मानिसले अपनाउनु पर्ने मापदण्ड नअपनाउँदा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको उनले बताए।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणालाई सम्पर्क गर्दा उनले नेपालगञ्जमा कोरोना संक्रमणको अवस्था भयावह रहेको र त्यसैको रोकथामका लागि आफू बैठकमा रहेको संक्षिप्त प्रतिक्रिया दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x