×

NMB BANK
NIC ASIA

एमाले बैठक

स्पष्टीकरण सोधिएका सांसदबारे निर्णय लिने जिम्मा स्थायी कमिटीलाई, २२ जनाको जवाफ प्राप्त

बैशाख १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेले गुटगत क्रियाकलाप गरेको आरोपमा स्पष्टीकरण सोधिएका २७ जना सांसदको विषयमा निर्णय लिने जिम्मा स्थायी कमिटीलाई दिएको छ । 

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले सोधिएको स्पष्टीकरणबारे निर्णय लिन स्थायी कमिटीलाई जिम्मा दिने निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेले शुक्रवार नै १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । 


Advertisment
Nabil box
Kumari

बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले स्पष्टीकरण सोधिएका २७ मध्ये २२ जनाले स्पष्टीकरण पेश गरेको जानकारी गराएका छन् ।

Vianet communication
Laxmi Bank

सिन्धुलीका सांसद गणेश पहाडी र दाङका हिरा केसीले मूलधारमा फर्किने प्रतिबद्धता जनाएका र अन्य तीन सांसदले सफ्ट जवाफ पेश गरेका ओलीले बताएका थिए । 

योगेश भट्टराई, रामकुमारी झाँक्री र दीपक भट्टलगायत ५ जनाले अझै स्पष्टीकरण पेश गरेका छैनन् ।

‘सबैको जवाफ आएपछि आवश्यक निर्णय लिने जिम्मा स्थायी कमिटीलाई दिइएको छ,’ महाधिवेशन आयोजक कमिटीका एक सदस्यले लोकान्तरसँग भने । 

यसअघि वैशाख ६ गते २७ सांसदलाई ‘दलको विधानविपरीत काम गरेकाले सांसद पदबाट किन नहटाउने ?’ भन्दै तीन दिने स्पष्टीकरण सोधिएको थियो ।

स्पष्टीकरण सोधिएपछि माधव नेपाल पक्षका सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।  

शुक्रवारको बैठकले कर्णाली प्रदेश सभामा दलीय ह्वीप उल्लंघन गर्ने चार सांसदलाई निष्कासन गर्ने निर्णय गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x