२२ जेठ २०८३, शुक्रबार

भारत : यी व्यक्तिले नक्कली स्यानिटाइजर बनाएर १० महिनामा कमाए १० करोड भारु

बैशाख १०, २०७८
भारत : यी व्यक्तिले नक्कली स्यानिटाइजर बनाएर १० महिनामा कमाए १० करोड भारु

भारतको अपराध रोकथाम महाशाखाले दुईवटा पसलबाट नक्कली स्यानिटाइजरको भारी मात्रा बिहीवार बरामद गरेको छ । 
 

वडोदराको वास्ना रोड र राओपुरा क्षेत्रबाट स्यानिटाइजरहरू बरामद गरिएको हो । 

मंगलवार पक्राउ परेका नितिन कोटवानीले ती पसलहरूलाई नक्कली स्यानिटाइजर बेचेका थिए । 
 

कोटवानीले १० महिनामा १० करोड भारु नाफा कमाएको प्रहरीले जनायो । 

कोटवानीले कुन कुन व्यापारीलाई नक्कली स्यानिटाइजर बेचेको हो भनी हामी खोजी गरिरहेका छौं । कोटवानीको इकाइमा बनेका सबै स्यानिटाइजर बरामद गर्नुपर्नेछ किनकि ती मानव स्वास्थ्यका लागि हानिकारक छन्,’ प्रहरी कमिस्नर शमशेर सिंहले बताए । 
 

कोटवानीको कारखानामा बनाइएका स्यानिटाइजरमा मेथनोल उपयोग गरिएको छ र त्यो हानिकारक रसायन हो । 

यति धेरै मेथनोल कोटवानीलाई कसले दियो भनेर पनि प्रहरीले खोजी गरिरहेको छ । मेथनोल औद्योगिक रसायन हो र उपयुक्त अनुमति विना यसलाई बेच्न पाइँदैन । 
 

salt training

कमेन्ट गर्नुहोस्