२५ जेठ २०८३, सोमबार

तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन

बैशाख १०, २०७८
तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन
फाइल फोटो

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको आज अनुगमन गर्दै उनले स्वास्थ्यकर्मीलगायत सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण दरमा निरन्तर वृद्धि भइरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि सबैले आ–आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । 

मुख्यमन्त्री भट्टले कोरोनाको सङ्क्रमण दर कम गर्न स्वास्थ्यका आवश्यक मापदण्डको पालना गर्न जरुरी रहेको बताए ।

भारतका विभिन्न स्थानबाट स्वदेश फर्किरहेका नेपालीमा कोरोना भाइरस सङ्क्रमण बढेको पाइए पनि पर्याप्त मात्रामा परीक्षण हुन नसक्दा जोखिम बढ्ने खतरा देखिएको उनको भनाइ छ ।

बढ्दै गएको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै उनले ती स्वास्थ्य केन्द्रका अवस्था बुझ्न आज स्थलगत निरीक्षण गरेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्