१९ असार २०८३, शुक्रबार

प्रहरीको बढुवामा सुटकेस होइन बोरै बोक्नुपर्ने अवस्था आइसकेको रहेछ : एसएसपी खनाल

कात्तिक २०, २०७४
प्रहरीको बढुवामा सुटकेस होइन बोरै बोक्नुपर्ने अवस्था आइसकेको रहेछ : एसएसपी खनाल
काठमाडौँ, १५ जेठ- ‘मलाई सम्झना छ, केही वर्षपहिले एआईजीको प्रमोसनको दौडधूपको समयमा एसएसपी रमेश खरेलले भनेका थिए, सुटकेस बोकेर नेताहरूकहाँ दौडधूप चलिरहेछ तर समय धेरै बदलिसकेको रहेछ, अब नेपालमा सुटकेस होइन बोरै बोक्नुपर्ने अवस्था आइसकेको रहेछ, खाम मात्रै बोकेर कुद्ने वा केही बोक्न नसक्ने प्रहरी अधिकृतको हविगत के होला? ' यी भनाइ सरकारको गैरजिम्मेवारीका कारण मुखैमा आएको बढुवा नपाई अवकाशतर्फ धकेलिएका एसएसपी यादवराज खनालले सामाजिक सञ्जाल (फेसबुक) मा व्यक्त गरेका हुन्।Yadav-Raj-Khanal

मुखैमा आएको बढुवाबाट विमुख भएपछि शनिबार मात्रै अवकाश पाएका खनालले प्रहरी नेतृत्वको तिखो आलोचना मात्रै गरेका छैनन्, प्रहरी संगठनभित्र राजनीतिक हस्तक्षेपको समग्र पर्दाफास गरेका छन्।

चार डीआईजीको पद खाली हुँदाहुँदै पनि बढुवा नभई अवकाश प्राप्त गरेका खनाल दोस्रो एसएसपी हुन्। केही साताअघि मात्रै अर्का एसएसपी मिलन बस्नेतले बढुवाको सट्टा अवकाशतर्फ धकेलिनुपरेको थियो । खनाल र बस्नेत हालका आईजीपी प्रकाश अर्यालकै ब्याचका हुन्। २०४४ चैत २९ गते अर्यालसँगै प्रहरी निरीक्षकको नियुक्ति पाएका खनाल ५९ र बस्नेत ६४ नम्बरमा थिए । गत वर्ष फागुन १ मै चार जना डीआईजीको पद खाली भए पनि प्रहरी नेतृत्व र गृह मन्त्रालयले चासो नराखेपछि यी दुई एसएसपीले अवकाश पाउन बाध्य भए। अन्नपूर्ण पोस्टमा खबर छ |

salt training

कमेन्ट गर्नुहोस्