०४ असार २०८३, बिहीबार

सडक खन्दा ढुंगाले लागेर १ जनाको मृत्यु

बैशाख १०, २०७८
सडक खन्दा ढुंगाले लागेर १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

सडक खन्ने क्रममा खसेको ढुंगा लागेर शुक्रवार डोटीमा १ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार ढुंगा लागेर मृत्यु हुनेमा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–६ रौकल्लाका ४५ वर्षीय नरी साउँद रहेका छन् । 

खातिवडा–चिचकाट्टे–दल्लेख सडक निर्माणका क्रममा सुप्रप ०१००१ क १५३६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा खसेको ढुंगा लागेर साउँदको घटनास्थलमै ज्यान गएको हो ।

जेसीबीका चालक कैलालीको गोदावरी नगरपालिका अत्तरियाका २२ वर्षीय शेर जोरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन चन्दले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्