०४ असार २०८३, बिहीबार

जीप दुर्घटनामा एकको मृत्यु, १६ घाइते

बैशाख १०, २०७८
जीप दुर्घटनामा एकको मृत्यु, १६ घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको बुलिङटारमा आज जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक दिलीपकुमारी गिरीका अनुसार नवलपुरको दलदलेबाट पाल्पाको रामपुर जाँदै गरेको लु १ ज ३७१० नम्बरको जीप बुलिङटार गाउँपालिका–६, अत्रौलीमा दुर्घटना भएको हो ।  

दुर्घटनामा परी पाल्पा रामपुर–४ बस्ने २३ वर्षीय अजय विकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए । घाइतेमध्ये पाँच जनाको नारायणी सामुदायिक अस्पताल भरतपुर र ११ जनाको डेढगाउँस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।  जीपमा १७ जना सवार थिए । जीपका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्