०१ असार २०८३, सोमबार

भरतपुरको मतगणना अझै अनिश्चित, निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै सुचारु हुने

कात्तिक २०, २०७४
भरतपुरको मतगणना अझै अनिश्चित, निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै सुचारु हुने

चितवन, १५ जेठ– राजनीतिक दलका प्रतिनिधिहरुले मतपत्र च्यातेपछि आइतबार मध्यरातदेखि स्थगित भएको चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुचारु हुने विषय अझै निश्चित हुन सकेको छैन ।

मतगणना सुचारु गर्न स्थानीय स्तरमा कुनै प्रयास गर्न नसकिने भन्दै मूख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगको निर्णय पर्खने जनाएको छ ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिए पनि मतगणना सुचारु गर्ने विषयमा भने स्थानीय स्तरमा निर्णय गर्न सकिने अवस्था नरहेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।

मूख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आफू पिसाव फेर्न गएका बेला मतपत्र च्यातिएको बताए । अधिकृत न्यौपानेले छानविन समिति बनाएर घटनाको तत्कालै छानविन गर्ने तयारी भइरहेको जानकारी दिए ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले घटनाको विषयमा छानविन गर्न लगाइएको र रिपोर्टहरु प्राप्त भएपछि मात्रै निर्णय गर्न सकिने बताए ।

‘घटनाको अनुसन्धानका लागि निर्देशन दिइएको छ,’ प्रवक्ता शर्माले भने, ‘छानविनपछि के कस्तो रिपोर्ट आउँछ त्यसको अध्ययनपछि मात्रै मतगणना सुचारु गर्ने या के गर्ने भन्ने विषयमा निर्णय गर्न सकिन्छ ।’

मतपत्र च्यातेको भन्दै प्रहरीले माओवादी केन्द्रका प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटी तथा एकजना एमाले प्रतिनिधि गंगा लामालाई पक्राउ गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्