
काठमाडौं, १५ जेठ– उत्तर कोरियाले फेरि एक अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । यो मिसाइल उत्तर कोरियाको तर्फबाट जापान सागरमा खसेको छ ।
उत्तर कोरियाको लगातार तेस्रो हप्तामा यो तेस्रो मिसाइल परीक्षण हो ।
दक्षिण कोरियाको सेनाले जापान सागरमा खसेको यो मिसाइल त्यसअघि उत्तर कोरियाली समुद्री तटको ४५० किलोमिटर हावामा रहेको बताएको छ ।
सवै अन्तराष्ट्रिय दबाबकाबीच उत्तर कोरिया मिसाइल परीक्षण गरिरहको छ । यस वर्ष यो उसको नवौं परीक्षण हो ।
दुई हप्ता पहिलो उत्तर कोरियाले मिसाइल परीक्षण गरेको थियो । यो मिसाइल परीक्षणपछि अलग खालको भएको बीबीसले जनाएको छ ।
जापानका प्रधानमन्त्री शिन्जो आवेले हालसाललै जी ७ शिखर सम्मेलमा उत्तर कोरियाको परमाणु कार्यक्रममाथि चिन्ता व्यक्त गरेका छन् ।