१६ असार २०८३, मंगलबार

भरतपुर घटनाबारे एमालेले भन्यो, ‘छपामार शैलीमा मतपत्र च्यातियो’

कात्तिक २०, २०७४
भरतपुर घटनाबारे एमालेले भन्यो, ‘छपामार शैलीमा मतपत्र च्यातियो’

चितवन, १५ जेठ– मतगणनाकै क्रममा मतपत्र च्यातिएपछि भरतपुर महानगरपालिकाको मतगणना स्थागित भएको घटनाप्रति नेकपा एमालेले आफ्नो धारणा सार्वजनिक गरेको छ । नेकपा एमाले चितवनले सोमबार बिहान पत्रकार सम्मेलन गरी छापामार शैलीमा मतपत्र च्यातिएको बताएको छ ।

पत्रकार सम्मेलनमा एमाले चितवन जिल्ला कमिटी अध्यक्ष कृष्णभक्त पोखरेलले छापामार शैलिमा मतपत्र च्यातेर जनताको मताधिकारलाई त्यसरी दुरुपयोग गर्न खोजिएको बताए । साथै उनले तत्काल मतगणना सुरु गुर्नपर्ने बताए ।

भरतपुर महानगरका लागि आफ्नो उम्मेदवार देवी ज्ञवालीको जीत सुनिश्चित हुँदै गएपछि विपक्षीहरुले मतपत्र च्यातेको एमालेले आरोप लगाएको छ । एमालेले मतपत्र च्यातिएको विरोधमा आजै भरतपुरमा विरोध सभा गर्ने जनाएको छ ।

मतपत्र च्यातेपछि आइतबार मध्यरातदेखि भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको थियो । मतगणना सुचारु हुने विषय अझै निश्चित हुन सकेको छैन ।

मतपत्र च्यातेको भन्दै प्रहरीले माओवादी केन्द्रका प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटी तथा नेकपा एमालेका प्रतिनिधि गंगा लामालाई पक्राउ गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्